युरोप May 2022

केही महिनाको कामको निर्मम चापबाट मुक्ति पाउन यसपाली छोटो समयका लागि रोहिणी र म युरोप तिर लाग्यौं। निस्कनुअघि मनमा एकहप्ता भएपनि कामबाट टाढा जाउँ, केही पढ्न बाँकी किताबहरू पढौं भन्ने मात्र थियो। नारायण ढकालको प्रेतकल्प र पल डेभिसको mind of god साथमा लिएको थिएँ । तर योरोप, प्रकृति र संस्कृतिको यस्तो संगम रहेछ, किताबमा ध्यानै…

सुनको चिहान र ममीहरुको देशमा

इजीप्ट जाने योजना अघिल्लो बर्ष नै बनाएका थियौं विभिन्न कारणले मिलिरहेको थिएन ।  यसपालि भने जुरेको रहेछ । मे ३ सांझ ८ बजे हामीहरु अर्थात् रोहिणी र म इजीप्ट प्रस्थान गऱ्यौं । एयरपोर्ट जान उबर मगाइ रहँदा सदा झैं बच्चाहरू घरमा छोडेर हिंडदाको चिन्ता र यात्राका रोमान्चकता मीश्रित विचारहरू मनमा आइरहे । बच्चाहरूले हाम्रो पीर…

कविता लेख्न छोडें

मैले कविता लेख्न छोडें केलाइ लेख्नु कविता? आँखाहरुलेसपना देख्न छोडे भोको पेटमा अन्न पर्न छोड्यो घाउहरु चहर्याउन छोडे त्यसैलेमैले कविता लेख्न छोडें केलाई लेख्नु कविता ? निहत्था र निरीहहरुले युद्धमा परेर संसार छोडे बलशालीहरुले मानवीय संवेदना छोडे असहायहरुको पुकार सध्दे कानहरुले सुन्न छोडे त्यसैले मैले कविता लेख्न छोडें केलाइ लेख्नु कविता? फुलहरुले ऋतु र चराहरुले…

चुनावको लाज

आंफुलाइ ऊनिहरू भन्दाफरक र उच्च ठान्नेसुकिला लुगा लगाएका हामिहरू महंगा फोन ले टाढै बाट उनिहरुको तस्विर खिचेर संजालमा शेयर गर्छौ र हांस्छौं उनिहरूको खिल्लि उडाउछौं यस्मा लाज त हामि तस्विर शेयर गर्नेहरु कै छ हैन र? यो प्रणालिको डिजाइनर हामि नै हैनौ र? उनिहरूलाइ नालि सम्म धकेल्ने को हो? सुकिला लुगा लगाउने हामि जतिसुकै पानि…

कबड्डी – ४

कबड्डी – ४ हेरियो। “दुई खुट्टा भएकीसँग त काजीको बिहे गर्नै भएन, भागी हाल्छे” कबड्डी ४ को यो डाइलगले कबड्डी एकदेखि तीनसम्मको कथालाई साराशंमा प्रस्तुत गर्छ। काजी (दयाहांग राइ) को बिहे हुन लाग्यो कि बेहुली अर्कैसँग भागी जाने कमेडिक थिममा कबड्डी १ देखि ३ सम्म बनेको सिक्वल चौथोमा आइपुग्दा भने उल्टिन्छ। विरक्तिएको काजी शान्ति खोज्न…

इतिहास, कथा र समाचार

भोक चपाएरपेट भरेका,चिसो सिरेटोकोसिरक ओढेरकठ्यांग्रीने जाडो टारेका,साहुको अन्यायमा परेरथात थलो छाडिघर गोठ सारेका,रबिरामि हुंदारोगैको क्यापसुलघुटुक्क निलेर मरेकाहरुकोके कथा?के इतिहास?र के सामाचार हुन्छ? इतिहास उनकोलेखिएको छजो निमुखाहरुकोजीउ, धन र सपनामा टेकेरसत्तामा पुगेर पुगे पछि बिर्सेउनिहरु त्याहाकिन पुगेका हुनर कसरी पुगेका हुन कथा उनकोप्रख्यात भएको छजो टन्न पेट भरेरसुविधाले, फुर्सदमासीतन र सामल बोकेरगर्ल फ्रेण्ड भेटन गएर झगडा…

आहा त्यो चौतारि, ओहो यो चौतारो

आहा त्यो चौतारि ओहो यो चौतारो आहा त्यो चौतारि जस्लाइ सम्झेरै मन चञ्चल हुन्थ्यो कतिखेर पुगौं लाग्थ्यो निहु पारि पारि, पटक पटक अनेक बहाना झीकेर हिडिन्थ्यो त्यो बाटो नजिक पुग्दैमा अपार आनन्द आउथ्यो रोम रोम पुलकित हुन्थ्यो चौतारिमा जो भेटिन्थ्यो अलौकिक हुन्थ्यो त्यसै त्यसै नत मस्तक हुन्थ्यो मन बुनिन्थ्यो सपना भविष्यका लाग्थ्यो यहि चौतारि नै…

एसएलसी रिजल्ट

हाम्रो पाला एसएलसी रिजल्ट हेर्न गाँउबाट डेढ घण्टा हिंडेर स्याङ्जा बजारसम्म जानुपथ्र्यो र स्याङ्जासम्म गोर्खा पत्र आइपुग्न निकै समय लाग्थ्यो । रिजल्ट भएको दिन बुवाले ‘जा नुन र मट्टितेल पनि लिएर आइज् रिजल्ट पनि हेरेर आइज’ भन्नुभयो । उत्साहित र भयभित हुँदै बिहान साढे दस बजेतिर स्याङ्जा पुगियो । त्यहाँ रिजल्ट भएको खबर र रिजल्ट…

फात्सुङ पढेर

निकै अगाडिदेखि फात्सुङबारे रिभ्यु, ट्वीट इत्यादि पढेर त्यो पुस्तक पढ्ने प्रवल इच्छा भएको हो । पुस्तक चार महिनाअगाडि ज्वाइँ श्रीराम पौडेलमार्फत हात पनि परेको हो । समय नआई केही हुँदैन भनेको यही होला, बल्ल पढने मौका जु¥यो । सिकागो अबुधाबी फ्लाइटको क्याप्टिभ समयमा पुस्तक सकियो । तर यो प्रतिक्रिया सेयर गर्न अर्को एक महिना लाग्यो…

अवतार सिंह पाश

अवतार सिंह पाश को कविता – अब मैं विदा लेता हूँ – मलाइ सबै भन्दा मन पर्ने कविता हो। उन्ले यसै कविता मार्फत ती सबै चीजलाइ धन्यवाद पनि गरेका छन् जस्ले उनकी प्रेमीका लाइ भेटन र उनी सॅग नजिक हुन मद्दत गरेका थीए।कविता मन पर्नेहरुलाइ यो भन्दा रुचिकर कविता हुन्छ झै लाग्दैन! पाशले यो कविता…