न्युजिल्यान्ड र फिजीको यात्रा

Published in Shilapatra – खगोलीय मानकमा पृथ्वी सानो छ, तर यसलाई विस्तारमा हेर्न बुझ्न खोजियो भने विशाल छ । मान्छेको छोटो जीवनमा सबै ठाउँ पुगेर, हेरेर, बुझेर सकिन्न, तर नैसर्गिक रूपले मान्छे धेरैभन्दा धेरै ठाउँमा पुग्न चाहन्छ । म सधैँ उत्सुक रहन्छु कि नयाँ ठाउँमा पुगौँ, त्यहाँको संस्कार संस्कृति बुझौँ । त्यै लालसाले काम बाट…

एनएसटि चुनाव डायरी २०२५

Published in Himalaya Khabar – Dec 16 2025 एनएसटीको २०२६–२०२७ को कार्य समितिको चुनाव डिसेम्बर १३ मा सम्पन्न भयो। १९९८ देखि हालसम्म भएका चुनावहरू म सकेसम्म छुटाउँदिन। १९९८ को पहिलो चुनावको चुनाव समितिमा थिएँ, त्यसपछिका धेरै चुनाव समितिहरूमा पनि रहेर काम गरेको छु, चुनाव समितिमा न रहँदा पनि भोलेन्टियर भएर काम गर्छु। यसपालिको चुनाव समितिमा…

जेनजी र पुस्तान्तरण

हाम्रै जीवनकालमा स्वास्थ्य विज्ञानको विकासले संसारभर मान्छेको औसत उमेर ह्वात्त बढेको छ। कग्नेटिभ रिभोल्युशनपछि ७० हजार वर्षको मानव इतिहासमा, करिब १० हजार वर्ष पहिले कृषिको सुरुआत भएपछि मात्र मान्छेको औसत आयु ५ वर्ष बढेर ३६ को हाराहारी पुगेको थियो। म हाईस्कूल पढ्दा वि.सं. २०३५ ताका नेपालको औसत आयु ४८ वर्ष भनेर पढेको थिएँ, अहिले ७०…

राष्ट्र परराष्ट्र: संस्मरणले उब्जाएका संस्मरणहरू

डा. भेषबहादुर थापाकृत ‘राष्ट्र परराष्ट्र’ म जन्मे हुर्केको र बाँचेको समयलाई चिर्दै अगाडि बढदो रहेछ। नेपाल, भारत र अमेरिकालाई भावभूमि बनाएर लेखकले गजबको दस्तावेजीकरण गरेका रहेछन्। अपवादबाहेक निरपेक्ष राम्रो र निरपेक्ष नराम्रो पुस्तक हुँदैन होला। पुस्तक पढ्दा के कस्ता विचारहरू मभित्र उब्जिए, त्ययसैको आधारमा म त्यो पुस्तक कस्तो रहेछ भनेर मूल्यांकन गर्छु। पउलाे कोहेलोको ‘अल्केमिस्ट’,…

पार्श्वधुन पढेर

कृष्ण कुसुमकृत पार्श्वधुनमा तेह्रवटा कथा समेटिएका छन्। तेह्रमध्ये आठवटा विदेशी परिवेशका कथा छन्। पाठकले देखी-भोगी आएका परिस्थितिहरूलाई कथाको विषयवस्तु बनाइएको छ। प्रस्तुतिमा सरलता र नयाँपन छ। साहित्य समाजको ऐना हो भन्ने मान्ने हो भने आजको समाजलाई ऐना देखाउने काम यो कथासंग्रहले गरेको छ। नयाँ पुस्ताका कथाकारबाट अपेक्षा गरिने पनि यस्तै नै हो। अमूर्तता कथेर बुद्धिविलास…

ब्राजिलतिर बरालिंदा

उहिले हामी हुर्किंदा हाम्रा बुवा–आमा के सोच्नु हुँदो हो कुन्नि? आजकल उहाँहरूको संघर्ष, सपना र समय बारे गहिरो कुराकानी गरिएनछ झैं लाग्छ। उहाँहरूका रहर के–के थिए, ती पूरा भए–भएनन् भनेर कहिल्यै कुरा गरेको सम्झना छैन। सतही रूपमा आफैं बुझेर वा अनुमान गरेर यो बुवा–आमाको रहर हो भनेर पूरा गरिटोपलिएको चाहिं छ। अहिले हाम्रा दुई जना…

जीवन क्षणभंगुर

अणुहरु एक लयमा संगठित हुंदा जीवन भयो अर्को लयमा बनस्पति, पत्थर भए मान्छे मर्छ अणुहरुको लय फेरिन्छ र खरानि जन्मिन्छ रगत, आकाशगंगा, माटो सबै अणुको लयको नतिजा हिजोको तारकिय धुलो आज मेरो मुटुको धडकन आजको मेरो भोजन बिगतको भुगर्भको तातो लाभा अणुको गठन र पुनर्गठन अनवरत, अनन्त जीवन क्षणभंगुर

युरोप May 2022

केही महिनाको कामको निर्मम चापबाट मुक्ति पाउन यसपाली छोटो समयका लागि रोहिणी र म युरोप तिर लाग्यौं। निस्कनुअघि मनमा एकहप्ता भएपनि कामबाट टाढा जाउँ, केही पढ्न बाँकी किताबहरू पढौं भन्ने मात्र थियो। नारायण ढकालको प्रेतकल्प र पल डेभिसको mind of god साथमा लिएको थिएँ । तर योरोप, प्रकृति र संस्कृतिको यस्तो संगम रहेछ, किताबमा ध्यानै…

सुनको चिहान र ममीहरुको देशमा

इजीप्ट जाने योजना अघिल्लो बर्ष नै बनाएका थियौं विभिन्न कारणले मिलिरहेको थिएन ।  यसपालि भने जुरेको रहेछ । मे ३ सांझ ८ बजे हामीहरु अर्थात् रोहिणी र म इजीप्ट प्रस्थान गऱ्यौं । एयरपोर्ट जान उबर मगाइ रहँदा सदा झैं बच्चाहरू घरमा छोडेर हिंडदाको चिन्ता र यात्राका रोमान्चकता मीश्रित विचारहरू मनमा आइरहे । बच्चाहरूले हाम्रो पीर…

कविता लेख्न छोडें

मैले कविता लेख्न छोडें केलाइ लेख्नु कविता? आँखाहरुलेसपना देख्न छोडे भोको पेटमा अन्न पर्न छोड्यो घाउहरु चहर्याउन छोडे त्यसैलेमैले कविता लेख्न छोडें केलाई लेख्नु कविता ? निहत्था र निरीहहरुले युद्धमा परेर संसार छोडे बलशालीहरुले मानवीय संवेदना छोडे असहायहरुको पुकार सध्दे कानहरुले सुन्न छोडे त्यसैले मैले कविता लेख्न छोडें केलाइ लेख्नु कविता? फुलहरुले ऋतु र चराहरुले…