हाम्रो पाला एसएलसी रिजल्ट हेर्न गाँउबाट डेढ घण्टा हिंडेर स्याङ्जा बजारसम्म जानुपथ्र्यो र स्याङ्जासम्म गोर्खा पत्र आइपुग्न निकै समय लाग्थ्यो । रिजल्ट भएको दिन बुवाले ‘जा नुन र मट्टितेल पनि लिएर आइज् रिजल्ट पनि हेरेर आइज’ भन्नुभयो । उत्साहित र भयभित हुँदै बिहान साढे दस बजेतिर स्याङ्जा पुगियो । त्यहाँ रिजल्ट भएको खबर र रिजल्ट…
वर्ल्डकप: खेलहरूमध्ये ठूलो, तर जीवनभन्दा सानो
यसपालिको फीफा वर्ल्डकप उत्तर अमेरिकामा सुरू भैसकेको छ । मेक्सिको सिटीमा उद्घाटन समारोह चलिरहँदा मैले केही सेकेन्डको टिभी क्लिप राखेर सबै टोलीलाई शुभकामना दिँदै एउटा ट्वीट गरेको थिएँ। केही बेरमै एक्सले कपीराइट उल्लङ्घन भयो भन्दै पोस्ट हटाइदियो। संसारभरका अरबौँ मानिसले हेर्न पाउने दृश्यका केही सेकेन्ड साझा गर्दा पनि उल्लङ्घन ठहरिनु आधुनिक डिजिटल सभ्यताको एउटा रोचक…
के मानिस हुनुको अर्थ पनि एआईले नै निर्धारण गर्ने दिन आउला ?
हामीले धेरै वर्षसम्म आफूलाई पृथ्वीको सबैभन्दा बुद्धिमान प्राणी भनेर गर्व गर्यौं। अब पहिलो पटक हामीले आफैंलाई प्रश्न सोध्ने बेला भएको छ, बुद्धिमान भनेको वास्तवमा के हो? के धेरै जानकारी हुनु, छिटो उत्तर दिनु, करोडौं तथ्य सम्झनु बुद्धिमानी हो? यदि बुद्धिमानी भनेको सही समयमा सही प्रश्न सोध्नु, शक्ति भएर पनि संयम राख्नु, अर्को मानिसको पीडा महसुस…
सीसीफस
सीसीफसले अजंगको ढुंगा दिनभरि ठेलेर, सांझपख पहाडको टाकुरामा पुऱ्याउछ उ थकित त छ तर काम समपन्न गरेकोमा सन्तुष्ट पनि छ लामो सास फेरेर सीसीफस सोच्छ अब उ स्वतन्त्र भयो अब उप्रान्त उस्ले फेरि त्यो ढुंगा ठेल्नु पर्ने छैन आफु कपास जस्तै हलुका भएझै लाग्छ उसलाई रमाइलो मान्दै बस्ती पुग्छ आफन्तसंग उत्सव मनाउछ र चैनले सुत्छ…
न्युजिल्यान्ड र फिजीको यात्रा
Published in Shilapatra – खगोलीय मानकमा पृथ्वी सानो छ, तर यसलाई विस्तारमा हेर्न बुझ्न खोजियो भने विशाल छ । मान्छेको छोटो जीवनमा सबै ठाउँ पुगेर, हेरेर, बुझेर सकिन्न, तर नैसर्गिक रूपले मान्छे धेरैभन्दा धेरै ठाउँमा पुग्न चाहन्छ । म सधैँ उत्सुक रहन्छु कि नयाँ ठाउँमा पुगौँ, त्यहाँको संस्कार संस्कृति बुझौँ । त्यै लालसाले काम बाट…
एनएसटि चुनाव डायरी २०२५
Published in Himalaya Khabar – Dec 16 2025 एनएसटीको २०२६–२०२७ को कार्य समितिको चुनाव डिसेम्बर १३ मा सम्पन्न भयो। १९९८ देखि हालसम्म भएका चुनावहरू म सकेसम्म छुटाउँदिन। १९९८ को पहिलो चुनावको चुनाव समितिमा थिएँ, त्यसपछिका धेरै चुनाव समितिहरूमा पनि रहेर काम गरेको छु, चुनाव समितिमा न रहँदा पनि भोलेन्टियर भएर काम गर्छु। यसपालिको चुनाव समितिमा…
जेनजी र पुस्तान्तरण
हाम्रै जीवनकालमा स्वास्थ्य विज्ञानको विकासले संसारभर मान्छेको औसत उमेर ह्वात्त बढेको छ। कग्नेटिभ रिभोल्युशनपछि ७० हजार वर्षको मानव इतिहासमा, करिब १० हजार वर्ष पहिले कृषिको सुरुआत भएपछि मात्र मान्छेको औसत आयु ५ वर्ष बढेर ३६ को हाराहारी पुगेको थियो। म हाईस्कूल पढ्दा वि.सं. २०३५ ताका नेपालको औसत आयु ४८ वर्ष भनेर पढेको थिएँ, अहिले ७०…
राष्ट्र परराष्ट्र: संस्मरणले उब्जाएका संस्मरणहरू
डा. भेषबहादुर थापाकृत ‘राष्ट्र परराष्ट्र’ म जन्मे हुर्केको र बाँचेको समयलाई चिर्दै अगाडि बढदो रहेछ। नेपाल, भारत र अमेरिकालाई भावभूमि बनाएर लेखकले गजबको दस्तावेजीकरण गरेका रहेछन्। अपवादबाहेक निरपेक्ष राम्रो र निरपेक्ष नराम्रो पुस्तक हुँदैन होला। पुस्तक पढ्दा के कस्ता विचारहरू मभित्र उब्जिए, त्ययसैको आधारमा म त्यो पुस्तक कस्तो रहेछ भनेर मूल्यांकन गर्छु। पउलाे कोहेलोको ‘अल्केमिस्ट’,…
पार्श्वधुन पढेर
कृष्ण कुसुमकृत पार्श्वधुनमा तेह्रवटा कथा समेटिएका छन्। तेह्रमध्ये आठवटा विदेशी परिवेशका कथा छन्। पाठकले देखी-भोगी आएका परिस्थितिहरूलाई कथाको विषयवस्तु बनाइएको छ। प्रस्तुतिमा सरलता र नयाँपन छ। साहित्य समाजको ऐना हो भन्ने मान्ने हो भने आजको समाजलाई ऐना देखाउने काम यो कथासंग्रहले गरेको छ। नयाँ पुस्ताका कथाकारबाट अपेक्षा गरिने पनि यस्तै नै हो। अमूर्तता कथेर बुद्धिविलास…
ब्राजिलतिर बरालिंदा
उहिले हामी हुर्किंदा हाम्रा बुवा–आमा के सोच्नु हुँदो हो कुन्नि? आजकल उहाँहरूको संघर्ष, सपना र समय बारे गहिरो कुराकानी गरिएनछ झैं लाग्छ। उहाँहरूका रहर के–के थिए, ती पूरा भए–भएनन् भनेर कहिल्यै कुरा गरेको सम्झना छैन। सतही रूपमा आफैं बुझेर वा अनुमान गरेर यो बुवा–आमाको रहर हो भनेर पूरा गरिटोपलिएको चाहिं छ। अहिले हाम्रा दुई जना…
जीवन क्षणभंगुर
अणुहरु एक लयमा संगठित हुंदा जीवन भयो अर्को लयमा बनस्पति, पत्थर भए मान्छे मर्छ अणुहरुको लय फेरिन्छ र खरानि जन्मिन्छ रगत, आकाशगंगा, माटो सबै अणुको लयको नतिजा हिजोको तारकिय धुलो आज मेरो मुटुको धडकन आजको मेरो भोजन बिगतको भुगर्भको तातो लाभा अणुको गठन र पुनर्गठन अनवरत, अनन्त जीवन क्षणभंगुर