सीसीफसले अजंगको ढुंगा
दिनभरि ठेलेर, सांझपख
पहाडको टाकुरामा पुऱ्याउछ
उ थकित त छ
तर काम समपन्न गरेकोमा
सन्तुष्ट पनि छ
लामो सास फेरेर
सीसीफस सोच्छ
अब उ स्वतन्त्र भयो
अब उप्रान्त उस्ले
फेरि त्यो ढुंगा ठेल्नु पर्ने छैन
आफु कपास जस्तै हलुका भएझै
लाग्छ उसलाई
रमाइलो मान्दै बस्ती पुग्छ
आफन्तसंग उत्सव मनाउछ
र चैनले सुत्छ
भोलीपल्ट विहानै उठेर
सीसीफसले कपमा कफी खन्याउछ
नया दिनको कल्पना गर्दै
झ्यालको पर्दा तानेर बाहिर हेर्छ
र देख्छ कि
घर नजिकैको चौरमा
उहि ढुंगो
उसको प्रतिक्षामा छ!