कहिलेकाहि
इन्द्रेणी टीप्ने
रहर जाग्छ
फेरिसोच्छु
इन्द्रेणी भ्रम हो
न कहिले
कसैको हात परेको छ
न उ भीत्र कोही पसेको छ
देखीन्छ टाढा जहिले
लोभलाग्दो सप्तरंगी
लौ भनोस त कसैले
मैले आज
इन्द्रेणीलाइ अंगालो हालें
लौ भनोस त कसैले
मैले आज
उस्लाइ घर ल्याएँ
कहिले कसैको भएन इन्द्रेणी
इन्द्रेणी ले त सधैं
टाढाबाट मात्रै कुत्कुत्याउछ
लोभ्याउछ
अधिर मात्र बनाउछ
दुर अन्तरीक्षमा
देखीएझैं लाग्ने
नजिक बोलाएझै पनि गर्ने
र बिलाइ जाने
निष्ठुरि सप्तरंगी
अतृप्त प्यास
अझै बढाइदिने
भ्रमलाइ अझै
टडकारो बनाइदिने
सुनेका छौ कहिल्यै
इन्द्रेणीलाइ कसैले
डोलि चढाएको?
केवल घामको रापले
हवामा लुकेको
उष्णताको साथ पाएपछि
उ झुल्किन्छ
रापको उर्जा सकीन्छ
र उ बीलाउछ
उस्लाइ पछ्याएर
न भोक टर्छ न निद्रा
लौ भनोस त कसैले
मैले आज
मनग्गे इन्द्रेणी हेरें
र मेरो प्यास मेटियो?
र पनि
कैले काहि
इन्द्रेणी टीप्ने
रहर जाग्छ
July 08 2018
फ्रीस्को टेक्सस