अणुहरु एक लयमा संगठित हुंदा जीवन भयो अर्को लयमा बनस्पति, पत्थर भए मान्छे मर्छ अणुहरुको लय फेरिन्छ र खरानि जन्मिन्छ रगत, आकाशगंगा, माटो सबै अणुको लयको नतिजा हिजोको तारकिय धुलो आज मेरो मुटुको धडकन आजको मेरो भोजन बिगतको भुगर्भको तातो लाभा अणुको गठन र पुनर्गठन अनवरत, अनन्त जीवन क्षणभंगुर
Day: August 4, 2023
युरोप May 2022
केही महिनाको कामको निर्मम चापबाट मुक्ति पाउन यसपाली छोटो समयका लागि रोहिणी र म युरोप तिर लाग्यौं। निस्कनुअघि मनमा एकहप्ता भएपनि कामबाट टाढा जाउँ, केही पढ्न बाँकी किताबहरू पढौं भन्ने मात्र थियो। नारायण ढकालको प्रेतकल्प र पल डेभिसको mind of god साथमा लिएको थिएँ । तर योरोप, प्रकृति र संस्कृतिको यस्तो संगम रहेछ, किताबमा ध्यानै…
सुनको चिहान र ममीहरुको देशमा
इजीप्ट जाने योजना अघिल्लो बर्ष नै बनाएका थियौं विभिन्न कारणले मिलिरहेको थिएन । यसपालि भने जुरेको रहेछ । मे ३ सांझ ८ बजे हामीहरु अर्थात् रोहिणी र म इजीप्ट प्रस्थान गऱ्यौं । एयरपोर्ट जान उबर मगाइ रहँदा सदा झैं बच्चाहरू घरमा छोडेर हिंडदाको चिन्ता र यात्राका रोमान्चकता मीश्रित विचारहरू मनमा आइरहे । बच्चाहरूले हाम्रो पीर…