हरेक बर्ष पल्टाइ जान्छ
समयले पातो एउटा
जुटाइ दिन्छ आफन्तलाइ
आशिष दिने बाटो एउटा!
अजर अमर रहोस हजुर
प्रेम प्रितको खाटो एउटा
उमगं छाओस ममता बढोस
राग द्वेशको साटो एउटा!
पुरानों ले नया पाओस
मन परेको गातो एउटा
चिसिएको सम्बन्ध ले
फेरि पाओस तातो एउटा!
पृथ्वि भरी शान्ति रहोस
कतै नहोस फाटो एउटा
बेग्ला बेग्लै हामि सबै
आदी-अन्त्यको माटो एउटा!
हरेक बर्ष पल्टाइ जान्छ
समयले पातो एउटा
जुटाइ दिन्छ आफन्तलाइ
आशिष दिने बाटो एउटा!
~ फ्रीस्को टेक्सास
बैशाख १,२०७३