मनको बह

नया शहर बसाउन
फॉडिएछन वनहरु
अग्ला अग्ला महल बने
अटाएनन मनहरु

सोहोरेर सारा बस्ति
जम्मा पारी श्रमिकहरु
मालिक बने मान्छेहरु
बेघर बने मनहरु

बाटोभरि छरेका छन
सपनाका बिस्कुनहरु
पसिनाकै भेलले आजकल
बगाउँछ मनहरु

खेलहरु खेलाइन्छन
मीलाइकन नियमहरु
हरेक खेलको समाप्तिमा
हीक्हीकाउछन मनहरु

फ्रीस्को टेक्सस
१८ अगस्ट २०१८

Submit comment

Allowed HTML tags: <a href="http://google.com">google</a> <strong>bold</strong> <em>emphasized</em> <code>code</code> <blockquote>
quote
</blockquote>