फात्सुङ पढेर


निकै अगाडिदेखि फात्सुङबारे रिभ्यु, ट्वीट इत्यादि पढेर त्यो पुस्तक पढ्ने प्रवल इच्छा भएको हो । पुस्तक चार महिनाअगाडि ज्वाइँ श्रीराम पौडेलमार्फत हात पनि परेको हो । समय नआई केही हुँदैन भनेको यही होला, बल्ल पढने मौका जु¥यो । सिकागो अबुधाबी फ्लाइटको क्याप्टिभ समयमा पुस्तक सकियो । तर यो प्रतिक्रिया सेयर गर्न अर्को एक महिना लाग्यो ।

फात्सुङ (माटोको कथा, माटोको सपनाको कथा । पढेर आनन्द आयो स प्रस्तुति मैले सोचेभन्दा फरक रहेछ । भारतको देहरादुन र बर्धमानमा हाईस्कुलिङ गरेको मलाई समेत केही सांस्कृतिक र भाषिक सन्दर्भ बुझ्न कठिन भयो, तर पनि लु सुन, अस्त्रीवेस्की, दोस्तोवेस्की, पढेर हुर्केको मलाई कथाको उचाइ र सपनाहरूको गहिराइ बुझ्न पटक्कै गाह्रो भएन ।

अनवरत् आन्दोलनको कथा, सपना जन्मेको कथा, जन्मेको भन्दा धेरै सपना मरेको कथा । एउटा सिंगो समुदायको कथा जसको कुनै सपना हुँदैन, त्यहाँ कोही आउँछ सपना लिएर, पूरै समुदायलाई सपना देख्न मद्दत गर्छ तर यहाँ त सपनाको हत्या हुन्छ, या सपना भागेर जान्छन् पूरा हुँदैनन् । यो कथाको कुनै पनि पात्र यस्तो छैन, जसले सुखको सास फेर्न पाएको होस् । लेप्चाहरूको जीवन यत्तिकै पनि कष्टकर छ, त्यहीमाथि आन्दोलनले थपेको कहर कन्भर्सेसनल शैलीमा प्रस्तुत गरिएको छ । अभाव र अशिक्षाले जर्जर लेप्चा समुदायमा गोरामुमो आन्दोलनले कसरी समर्थन पायो र आन्दोलनको मिस म्यानेज भएकै कारण कसरी निष्प्रभावी भयो भन्ने कथा मुख्य रुपमा पेश भएको छ ।

गोर्खा ल्याण्ड आन्दोलनलाई केन्द्रविन्दु बनाएर लेखिएको यो उपन्यासले यो आन्दोलन कति अनअर्गाइज्ड र कमजोर तयारीमा सञ्चालित थियो भन्ने पनि देखाउँछ । एकातिर आन्दोलनमा स्रोत साधनको कमी छ भने अर्कोतिर त्यसको परिचालन चिफ र उनका केटाहरूको अत्यन्त अनौपचारिक सम्बन्धमार्फत भएको देखाइएको छ ।

भने अर्कोतिर लेप्चा जातिको युनिक लाइफस्टाइल, नेपालप्रतिको अगाध प्रेम प्रचुर मात्रामा पोखिएको कथाले मैले दार्जलिङबारे सुनेका कति कुरा कन्फर्म ग¥यो भने कति नयाँ कुराको जानकारी दियो । म दार्जलिङ पुगेको छैन ।

मूलधारका राजनीतिज्ञहरूप्रतिको वितृष्णाको प्रखर प्रस्तुति छ भने आन्दोलनरत् पार्टीहरूको आन्तरिक द्वन्द्व र फुटपरस्ती पनि यथार्थरुपमा प्रस्तुत भएको छ । पुस्तक पढिसकेर आन्दोलनले जनताको साथ पाएर पनि आन्दोलनकारी शक्तिहरू खण्डित भएकै कारणले सम्पूर्ण गोर्खा राष्ट्रिय मुक्ति मोर्चा आन्दोलन असफल भएको निक्र्यौल निकाल्न सकिन्छ ।

कथा प्रशस्त आशावादी भएरै सुरु हुन्छ र अन्त्य हुँदासम्म हरेक आशा निराशामा परिणत भएर सकिन्छ । कथाको अन्त्यसँगै प्रशस्तै गम्भीर प्रश्नहरू पनि उठाइएको छ, अब के भन्नेबारे । आन्दोलनले अपेक्षित निकास दिएन, समाज झन् पछाडि धकेलियो । के सधैँ यसैगरी चल्ला त भन्ने प्रश्न प्रमुख छ ।

पुस्तकको विशेषता के हो भने शुद्ध नेपाली संस्कृतिलाई नौलो भाषिक कलेवरमा बुनिएको छ । काठमाडौंका पाठकलाई यो कथा पढ्दा लगभग ट्रान्सलेसनजस्तो लागे पनि मौलिक तर अनौपचारिक नेपालीमा लेखिएको हो ।

पढ्न अति रुचिकर छ । म पुस्तकको भन्दा आन्दोलनको समीक्षामा ज्यादा लागेँ कि भन्ने पनि लागेको छ तर कथाको पृष्ठभूमि नै आन्दोलन भएकोले यस्तो लाग्न स्वाभाविकै हो ।

कथामा भाषिक शुद्धतामा ध्यान दिइएको छैन । (मेरो कमजोर ब्याकरणका लागि पनि क्षमापाउँ) अनौपचारिक बोलीचालीको क्षेत्रीय प्रचलनलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । दार्जलिङ बहुभाषा बहुसंस्कृतिको संगमस्थल भएकोले पनि त्यहाँको भाषा सधैँ अन्यत्रको भन्दा छिटोछिटो इभोल्भ भइरहन्छ र मूलधारका पाठकलाई किपअप गर्न सहज हुँदैन ।

यो पुस्तक पढिरहँदा पाठक पात्रहरूको दुःख दर्द झेल्नमै व्यस्त भइरहन्छ, उसलाई कुनै वौद्धिक खुराक छैन, हुनुपर्छ भन्ने होइन, आख्यानकारले जाने बुझेरै यो बाटो रोझेका छन् ।

Submit comment

Allowed HTML tags: <a href="http://google.com">google</a> <strong>bold</strong> <em>emphasized</em> <code>code</code> <blockquote>
quote
</blockquote>