जीवन क्षणभंगुर

अणुहरु एक लयमा

संगठित हुंदा

जीवन भयो

अर्को लयमा

बनस्पति, पत्थर भए

मान्छे मर्छ

अणुहरुको लय फेरिन्छ

र खरानि जन्मिन्छ

रगत, आकाशगंगा, माटो

सबै अणुको

लयको नतिजा

हिजोको तारकिय धुलो

आज मेरो मुटुको धडकन

आजको मेरो भोजन

बिगतको भुगर्भको तातो लाभा

अणुको गठन र पुनर्गठन

अनवरत, अनन्त

जीवन क्षणभंगुर

Submit comment

Allowed HTML tags: <a href="http://google.com">google</a> <strong>bold</strong> <em>emphasized</em> <code>code</code> <blockquote>
quote
</blockquote>