जब जब चुनाव आंउछ
टिठलाग्दो मलिन अनुहार र रिट्ठे शरिर भएका मान्छेहरू
रक्सिले मात्तिएर पार्टिको झन्डा बोकेर
वा चुनाव चिन्ह अंकित टिशर्ट लगाएर
चौरमा, गल्लिमा, नालिमा
मायांलाग्दो गरिढलेका भेटिन्छन
आंफुलाइ ऊनिहरू भन्दाफरक
र उच्च ठान्नेसुकिला लुगा लगाएका
हामिहरू महंगा फोन ले टाढै बाट
उनिहरुको तस्विर खिचेर संजालमा शेयर गर्छौ
र हांस्छौं उनिहरूको खिल्लि उडाउछौं
यस्मा लाज त
हामि तस्विर शेयर गर्नेहरु कै छ हैन र?
यो प्रणालिको डिजाइनर हामि नै हैनौ र?
उनिहरूलाइ नालि सम्म धकेल्ने को हो?
सुकिला लुगा लगाउने हामि
जतिसुकै पानि माथिको ओभानो बने पनि
दोषका भागि हामि, मात्र हामि हौं
जस्लाइ सदाकाल देखियसरि
नालिमा ढालिदै आइएको छ
हिजो पनि निर्दोष थिएआज पनि निर्दोष छन!