मैले कविता लेख्न छोडें
केलाइ लेख्नु कविता?
आँखाहरुलेसपना देख्न छोडे
भोको पेटमा अन्न पर्न छोड्यो
घाउहरु चहर्याउन छोडे
त्यसैलेमैले कविता लेख्न छोडें
केलाई लेख्नु कविता ?
निहत्था र निरीहहरुले
युद्धमा परेर संसार छोडे
बलशालीहरुले मानवीय संवेदना छोडे
असहायहरुको पुकार सध्दे कानहरुले सुन्न छोडे
त्यसैले मैले कविता लेख्न छोडें
केलाइ लेख्नु कविता?
फुलहरुले ऋतु र चराहरुले रीति छोडे
नदीहरुले सुसाउन
र अन्न बाली टुसाउन छोडे
हिउँ रित्तीएर हिमालहरु पग्लिन छोडे
त्यसैले मैले कविता लेख्न छोडें