आहा त्यो चौतारि ओहो यो चौतारो
आहा त्यो चौतारि
जस्लाइ सम्झेरै
मन चञ्चल हुन्थ्यो
कतिखेर पुगौं लाग्थ्यो
निहु पारि पारि, पटक पटक
अनेक बहाना झीकेर
हिडिन्थ्यो त्यो बाटो
नजिक पुग्दैमा
अपार आनन्द आउथ्यो
रोम रोम पुलकित हुन्थ्यो
चौतारिमा जो भेटिन्थ्यो
अलौकिक हुन्थ्यो
त्यसै त्यसै नत मस्तक हुन्थ्यो मन
बुनिन्थ्यो सपना भविष्यका
लाग्थ्यो यहि चौतारि नै
केन्द्र हो जीवनको, जगतको
न्यानो, आडिलो लाग्थ्यो त्यो चौतारि
छोडन मन लाग्दैनथ्यो
उस्कै छाहरिमा बसिरहु लाग्थ्यो
समय बलवान हुन्छ भन्थे
परिवर्तन हुन्छ भन्थे सांचो रहेछ
आजकल हिंडदा त्यो चौतारिको
बाटो पर्ला कि भन्ने डरलाग्छ
कथं कदाचित त्यता पुगिएला
फेरि आंखा जुध्लान
फेरि नजर झुक्लान
फेरि कसम खाइएला
डर लाग्दो भएको छ त्यो
टाढाबाट हेर्दा उजाडिएको देख्छु
मन्दिर जस्तो उ झीक्रस्थ
र टीठ लाग्दो देख्छु
वरिपरि झुम्मिने माहुरिहरु
कोहि उहि छन
कोहि नयां छन
तर उनिहरु मह बनाउदैनन
महको टालो मात्र हम्किन्छन
शायद दोष मेरै होला
मैले पत्याएं
मं परिवर्तन हुन सकिन
मं अझै पनि त्यहि चाहन्छु
मं एक डेग फेरिएको छैन
मेरो मन भन्छ त्यो अझै संभव छ
जुन मैले, हाम्ले उन्ताका
प्रण गरेका थीयौं
प्रण थियो कि
जनता सर्वोपरि हो उसैले पाल्छ
उसैले फाल्छ, ढाल्छ
हामि त केवल साधन हौ
साध्य होइनौ
र साध्य हुन खोज्नु पनि हुदैन
आजकल देख्छु चौतारि भरि
केवल असॅख्य (अ)साध्यहरु
रजगज गरेर
जोम्बी लय र तालमा नाचि रहेछन
आहा त्यो चौतारि
ओहो यो चौतारो